अर्थ राजनीति ~ अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको बताएका छन् । ‘हामीलाई अब इस्लामिक इमिरेट्स अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक हो भन्नेमा कुनै शंका छैन । अमेरिकीले सैन्य अपरेसनबाट आफ्नो उद्देश्य हासिल गर्न सकेनन्,’ मुजाहिदले भने । मुजाहिदले अफगानिस्तानले पश्चिमा मुलुकसँगको कूटनीतिक सम्बन्ध कायम राख्ने बताएका छन् । उनले अफगान नागरिकले आफ्नो स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गर्ने बताएका छन् । यसअघि अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी सेनाका कमाण्डरले उद्धार गर्न चाहेको सबै मानिसलाई उद्धार गर्न नसकिएको बताएका थिए । अमेरिकी सेना पूर्णरुपमा फिर्ता गएसँगै तालिबानले विजय उत्सव पनि मनाएको छ । यसैबीच अहिले काबुलको अवस्था सुनसान देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले अफगानिस्तानका मानिसहरु अब के होला भन्ने आशंकामा बसेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति