१४ सांसद हटाउने सूचना जारी नगरेपछि सभामुखसँग एमाले रुष्ट

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेले आफ्नो दल परित्यागको तयारी गरेका १४ सांसदहरू निष्कासन गर्न पठाएको पत्रमा सभामुख अग्नि प्रसाद सापकोटाले १३ दिनसम्म पनि कुनै निर्णय लिएका छैनन्। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखले पक्षधरता लिएको आरोप लगाएको छ भने उनको सचिवालयले त्यसको खण्डन गर्दै आएको छ। एमालेले हटाउन पत्राचार गरेका सांसदले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गरिसकेका छन्। सभामुखले आफ्नो पार्टी विभाजनमा सहयोग पुर्‍याएको आरोप लगाउँदै आएका एमाले नेताहरूले सभामुखले आफ्ना सांसद नहटाएको विषयलाई लिएर संसद् सञ्चालनमा अवरोध गर्न सक्ने सङ्केत गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्