ओली : ‘एमाले फुटाइसकेपछि अध्यादेश जतिबेलापनि फिर्ता ल्याउन सक्छ’

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अध्यादेश फिर्ता ल्याउन सक्ने बताएका छन् । एमाले विभाजनका लागि मात्रै अध्यादेश जारी भएको उल्लेख गर्दै उनले एमाले फुटाइसकेको अवस्थामा अब जतिबेला पनि फिर्ता हुन सक्ने बताएका हुन् ।  एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले भने, ‘माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वतस् रद्ध गर्ने तयारीमा छन् । देउवा र प्रचण्ड पनि थर्कमान छन्, आफ्नै पार्टीमा पहिरो जाने डरले।’ ओलीले आफ्नो सरकारले ल्याएको र अहिले ल्याएको अध्यादेश फरक रहेको पनि बताएका छन्। उनले भने, ‘पहिलेको र अहिलेको अध्यादेश उस्तै होइन । मैले अध्यादेश ल्याउँदा कुनै पार्टी फुट्ने अवस्था थिएन। फ्लोर क्रस पनि चलेको थिएन। असाधारण र असामान्य अवस्था कहीँ पनि थिएन।’

आज कै पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई माधव नेपालजीले  चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ । उनले रिसोर्ट वा चाहे फइभ स्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर उनले  दावी गरे । ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्