एमाले पार्टी फुटाउन निर्वाचन आयोग पुग्ने नेताहरु

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा ५८ जनाको नाम पेश भएको छ । माधव कुमार नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा ५८ जनाको नाम पेश भएको हो । एमालेको आयोगमा कायम रहेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम नेपाल समूहले आयोगमा बुझाएको हो । नाम पेस भएका कतिपय नेताहरुको भने हस्ताक्षर छैन् । पेस भएको नामावलीमा झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ। यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । आयोग स्रोतका अनुसार हस्ताक्षर नभएका नेताहरुको सनाखत नहुने भएको छ । अब आयोगले ५१ जनाकोमात्र सनाखत गर्नेछ । दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ । एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् । हस्ताक्षर गर्नेहरुमा, माधव कुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्र प्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापमान श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथ प्रसाद शाह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदन कुमारी शाह, देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाइँ कोरइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधिर प्रसाद साह, कल्याणी कुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्र कुमार राई, बलदेव चौधरी, डा. देउमान तुम्बाहाम्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, मोहम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपाने रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्