अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका केही नेताहरुले कोरोनाविरुद्धको खोप ल्याउन नदिन लबिंग गरिरहेको आरोप लगाएका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने–‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन्।’ यद्यपी उनले दुई दिन भित्रै चाहिने जति कोरोना खोप आउने दाबी गरे । उनले भने–‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति