नेता बामदेव : ‘माधव नेपालले गल्ति गरेका छन्’

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अहिले बालुवाटारमा जारी रहेको छ । जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर माधव नेपालले गल्ति गरेको बताएका छन् । ‘माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो’, उनले भने । नेता गौतमले नेपाललाई जसरी पनि पार्टीमा ल्याउन पनि अनुरोध  गरेका छन् । उनले ओलीलाई संयमता अपनाउन आग्रह गर्दै पार्टी एकता अपरिहार्य रहेको बताए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिप्रति योजनाबद्ध रुपमा आक्रमणको प्रयास भैरहेकाले सचेत रहन पार्टी पङ्तिलाई निर्देश गरेका छन् । उनले भने, ‘पार्टीका नेता हौं भन्नेहरुले अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टीको हित हुने कार्य गरेको सैह्य छैन । हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौं, तर यादहोस् हाम्रो आन्दोलन धेरै मजबुत छ। ’नेता बामदेब गौतम पार्टी एकता जगाउन बैठकमा आएको भन्दै प्रधानमन्त्री ओलीले बैठकमा उनको स्वागत गरेका छन् । अर्को बैठकमा नेता नेपाल पक्षका नेताहरुलाई पनि सहभागी हुन उनले आव्हान गरेको नेता गौतम ले बताए। ओलीले भने, ‘बामदेबजीलाई आउने जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्द्छु।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्