राष्ट्र बैंकबाट १० संस्थाले पाए मर्जरको स्वीकृति

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यी बैंक तथा वित्तीय संस्थालाई १ महिनाभित्रै एकीकृत कारोबार गर्ने गरी अन्तिम स्वीकृति दिएको हो । मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाउनेमा २ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र ४ वटा माइक्रोफाइनान्स कम्पनी हुन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न, नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न, सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई र नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तले लाई प्राप्तिको अन्तिम स्वीकृति पाएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्