सेयर बजारमा हलचल : बजार वोरालोतर्फ

Machchapuchchre

अर्थ राजनीति  ~  सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० अर्बको कारोबार भइरहेकोमा बुधबार घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो। बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो समयमा लगातार सेयर बजार बढिरहेको थियो। जसले गर्दा लगानीकर्ता उत्साहित थिए। बोर्डले ५१ वटा कम्पनीले सेयर मूल्य कर्नरिङ, इन्साइडर ट्रेडिङ गरेर बढाएको भन्दै सूची सार्वजनिक भएपछि लगानीकर्ता सशंकित बनेका छन्। बोर्डले त्यस्ता कम्पनीको सेयर जोखिम रहेको भन्दै थप अध्ययन गर्ने जनाएको छ। सेयर मूल्य घट्दा लगनीकर्ताले धेरै गुमाएका छन्। जोखिम सेयर भनिएका ५१ मध्ये ४७ वटाको सेयर मूल्य घटेको छ। बुधबार कारोबार सुरु भएदेखि नै उतारचढाव आएको थियो। अन्तिम समयमा बजार मापन गर्ने सूचक ५२.३९ अंकले घटेर परिसूचक २९६९.७२ बिन्दुमा रोकिएको हो। केही समयअघि लगानीकर्ताले कारोबारको अनुपातमा सेयर मूल्य नबढेका बताइरहेका थिए। तर पछिल्लो समयमा सेयरको सूचक क्रमशः बढ्दै गएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्