नेता खनाललाई आज दिल्ली लगिँदै

Machchapuchchre

अर्थ राजनीति ~  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको छ । स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो कम नहुने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लिन लागिएको खनालको सचिवालयले जनाएको छ । यसअघि माघ ३० गते उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्