सेयर कारोबार रकममा नयाँ रेकर्ड कायम

Machchapuchchre Bank

अर्थ राजनीति  ~  बुधबार बजारमा अहिलेसम्मकै धेरै रकमको सेयर किनबेच भएको छ। यस दिन ११ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। एकै दिनमा यति धेरै रकमको सेयर किनबेच भएको पहिलो पटक हो। यसअघि हिजो मात्रै ११ अर्ब ३५ करोडको कारोबार भएको थियो। कारोबारमा उत्साह देखिँदा पनि नेप्से परिसूचक भने घटेको छ। यस दिन परिसूचक १३ अंकले घटेर २७८० मा कायम भएको हो। समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ ७, ब्यापार ३५, होटल तथा पर्यटन १४ र फाइनान्स १ अंकले बढेका छन्। विकास बैंक ५१, जलविद्युत ६०, निर्जीवन बीमा १५७, उत्पादन ६६, अन्य २७, माइक्रोफाइनान्स ८ र जीवन बीमा समूह २८ अंकले घटेका छन्।  परिसूचक घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। यस दिन करिब १० प्रतिशत मूल्य बढेका कम्पनीमा समता लघुवित्त, रुरु जलविद्युत, गोर्खा फाइनान्स, नेपाल फाइनान्स र कर्णाली विकास बैंक छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्