नेप्से परिसूचक दोहोरो अंकले घट्यो, सबै समूह राताम्मे

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब माथि पुगेको छ । नेप्सेमा कारोबार हुने समूहगत इन्डेक्सहरु भने सबै घटेर राताम्मे देखिएका छन् । समूहगत सबइन्डेक्सहरु सबैभन्दा धेरै लघुवित्त र व्यापार समूह घटेका छन् । कम्पनीहरुमा भने महिला लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य धेरै घटेको छ । नेप्सेमा आईपीओ सूचीकृत भएदेखि नै लगातार बढिरहेको महिलाको सेयर मूल्यमा आज ब्रेक लागेको हो । गत बुधबारसम्म लगातार बढिरहेको विशाल बजारको सेयर मूल्य पनि करिब १० प्रतिशत हाराहारीमै घटेको छ । उता सबैभन्दा धेरै बढ्नेमा भने समता लघुवित्त वित्तीय संस्था र रुरु जलविद्यतु कम्पनी देखिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्