अर्थ राजनीति ~ कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको हो । अहिले जुनसुकै जलविद्युतले आईपीओ जारी गरेपनि माग भन्दा ज्यादा आवेदन पर्ने गरेको छ । पछिल्लो तीन वर्षयता विद्युत नियमन आयोगले सेयर जारी गर्ने जलविद्युत कम्पनीको नियमन गर्दै आएको छ । आयोगले कम्पनीहरुको अवस्था हेरेर मात्र सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति दिने भएकाले पहिलेको तुलनामा पछिल्लो समय जारी जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषकहरू बताउँछन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति