जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दो

Machchapuchchre

अर्थ राजनीति  ~  कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको हो । अहिले जुनसुकै जलविद्युतले आईपीओ जारी गरेपनि माग भन्दा ज्यादा आवेदन पर्ने गरेको छ । पछिल्लो तीन  वर्षयता विद्युत नियमन आयोगले सेयर जारी गर्ने जलविद्युत कम्पनीको नियमन गर्दै आएको छ । आयोगले कम्पनीहरुको अवस्था हेरेर मात्र सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति दिने भएकाले पहिलेको तुलनामा पछिल्लो समय जारी जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषकहरू बताउँछन् ।

जलविद्युत कम्पनीमा अहिले सबैभन्दा महँगो सेयर मूल्य अपर तामाकोशीको छ । यसको सेयर मूल्य ८ सय २५ रुपैयाँ छ । यस्तै माउन्टेन इनर्जीको सेयर मूल्य पनि  ७ सय ६० रुपैयाँ रहेको छ ।  चिलिमे हाइड्रोपावरको ६ सय ३६ रुपैयाँ छ भने हाइड्रो इलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्टको ५ सय २५ रुपैयाँ सेयर मूल्य कायम भएको छ । यता राधी विद्युत कम्पनीको ६ सय ६० रुपैयाँ रहेको छ । पछिल्लो केही दिन अघि मात्र दोस्रो बजारमा प्रवेश गरेको जलविद्युतको सेयर मूल्यमा आकर्षक बढोत्तरी छ । सिंगटी, रुरु लगायतका जलविद्युतको सेयर केही दिन अघिमात्र दोस्रो बजार प्रवेश गरेका हुन् । यद्यपि केही यस्ता कम्पनी पनि छन जसकनो सेयर मूल्य ज्यादै सस्तो छ । .आँखु खोला (१७२ रुपैयाँ), दिव्यश्वारी हाइड्रोपावर (१६६ रुपैयाँ), घलेम्दी हाइड्रो लिमिटेड (१८९ रुपैयाँ), यूनियन हाइड्रोपावर (१८४ रुपैयाँ) र यूनिभर्सल पावर कम्पनी (१९९ रुपैयाँ ) को सेयर मूल्य अझै पनि कम छ । तथापि आधार मूल्य भन्दा तलको मूल्य भने कुनै जलविद्युत कम्पनीको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्