कमिसनकै कारण कोरोना भ्याक्सिन रोक्नु लज्जित कार्य : डा.शेखर कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रसका नेता डा.शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरुले कोरोना भ्याक्सिन रोकेको भन्ने समाचारले लज्जित बनाएको बताएका छन् । विहीबार सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले प्रधानमन्त्री ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने भन्दै कोइरालाको प्रश्न छ– ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ? यसको सबै जिमेवारी  प्रधानमन्त्रीले  लिनु पर्छ र जनतालाई जवाफ दिनुपर्छ वहाको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्