भीम रावल : केपी ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भयो

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् । बिहीबार ट्वीट गर्दै रावलले प्रधानमन्त्री ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका हुन् । उनले ओलीले दलको विधान मिच्दै निरंकुश रुपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोधेको पनि बताएका छन् । ‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो। यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ,’ उनले भनेका छन् । रावलले आफ्ना सांसदसँग परामर्श नगरी विपक्षी दलसँग समर्थन माग्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका थिए तर, सभापति देउवाले भने आफूहरु विपक्षी दल भएकाले विश्वासको मत दिन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्