४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई ‘भेरोसेल’ खोप लगाइँदै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  चिनियाँ कम्पनीको भेरोसेल कोरोना खोप ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई आज पुनः लगाइँदै छ। अत्यावश्यक सेवामा खटिएका बसका चालक र सहचालकसहित १८ देखि ६० वर्षका व्यक्तिलाई पनि खोप लगाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइनेछ। चीनबाट ल्याइएको यस भेरोसेल खोप चैत २९ गतेसम्म ३१ हजार व्यक्तिले लगाइसकेका छन्। ४० वर्षदेखि ५९ वर्षका सर्वसाधारण नागरिकले पनि खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन्। चैत २५ गतेबाट खोप लगाउन सुरू गरिएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्