आस्कमी म्यानेजमेन्ट : भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू

Machchapuchchre

अर्थ राजनीति  ~  दोस्रो संस्करणको ‘भर्चुअल जब फेयर’ बुधबारदेखि सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले यही मार्च ३१ देखि अप्रिल २, २०२१ सम्म  अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरू गरेको हो । कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन्। ‘हामीले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो। पहिलो वर्ष नै ४० भन्दा बढि कम्पनीले विश्वास गरेका कारण नै हामी पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,’ कुँवरले भनिन्, ‘यस पटक पनि ५० भन्दा बढी कम्पनीमा ‘जब’ दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो।’

फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् । त्यसै गरि सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागि हुँदै छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्