कोरोनाबाट विदेशमा दुई नेपालीको निधन

Machchapuchchre

अर्थ राजनीति  ~  कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए। शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ। हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो।  विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन्। सङ्घका अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र यूएईमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।शनिबार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। ज्येष्ठ नागरिकले खोप नलगाउने वा सतर्कता अपनाउने नेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन्। विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन्। कोरोना विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइड लगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ। विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्