रैराङ हाइड्रोपावर, चन्द्रागिरी हिल्स र नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्यमा बृद्धि

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटिरहेको छ तर  नेप्सेका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ६९ प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८ रुपैयाँले बढेर ३१७ रुपैयाँ पुगेको हो । आइतवार चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल हाइड्रो डेभलपोपरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । दोहोरो अंकले घटिरहेको बजारमा चन्द्रागिरी हिल्सको ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशतले बढेको हो । चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ६० ले बढेर रू. ६६५ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. २९ ले बढेर रू. ३२४ कायम भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्