अर्थ राजनीति ~ सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको पनि महासंघले जनाएको छ ।
सुनको मुल्य फेरि ४ सय रुपैयाँले बढ्यो, घटबढ कायमै
