अर्थ राजनीति ~ संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभा जारी छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो । सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको थियो। त्यसै क्रममा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो बोल्ने पालोमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् । अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको समेत बताइन् । नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताइन् । आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति