फिक्स डिपोजिटमा बैंकहरुको व्याजदर

Machchapuchchre Bank

अर्थ राजनीति ~  नेपालमा कोरोनाको प्रभाव बढे संगै  बैंक तथा वित्तीय संस्थाहरुको काम कारवाही पनि खुम्चिन पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न समेत सकेको देखिदैन। बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपहरुमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले गर्दा  बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको छ । हाल सिभिल बैंकले सबभन्दा बढी ८ प्रतिशत फिक्स डिपोजिटमा ब्याज दिइरहेको छ भने सबभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशत सम्म ब्याज दिइरहेको  देखिन्छ। वाणिज्य बैंकहरुको फिक्स डिपोजिटको बचतको व्याजदर हेर्दा औषतमा ६.८४ प्रतिशत रहेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्