नारायणहिटी दरबार संग्राहलय अगाडी ओली समूहको शक्ति प्रदर्शन

Machchapuchchre

अर्थ राजनीति  ~   प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको छ। अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका  बिभिन्न नेताहरुले सम्बोधन गर्दैछन् ।सम्बोधन कै  क्रममा उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् । जनताले  राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै  नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने बताए । प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने र आर्थिक विकास र संविधानको रक्षाका लागि निरन्तर लागिरहने  समेत बताए । प्रचण्ड–माधव पक्षले आयोजना गरेको नेपाल बन्दमा भएको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले  सभामा बताए । तेस्तै सोहि सभालाई सम्बोधन गर्ने क्रममा  सरकारका गृहमन्त्रि  राम बहादुर थापा बादलले  हिंसात्मक आन्दोलन गर्ने  लाई जवालाखेलको चिडियाखानामा हाल्ने  बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्