आधा दशकभन्दा बढी लडेर ल्याएको गणतन्त्रलाई कसैले हल्लाऊन सक्दैन : प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले हल्लाऊन नसक्ने बताउदै कतिपयले ओलीले आज राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको  समेत बताए । आधा दशकभन्दा बढी गणतन्त्रका लागि लडेको मान्छेले  राजतन्त्र फर्किएको घोषणा गर्छ  भन्नु मुर्खता रहेको उनले सभामा बताए । २/४ हजार मान्छे जम्मा गरेर  मुल पार्टी  हामी हौ भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । उनले काठमाडौंका सबै सडकमा  ठुला ठुला स्क्रिन राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने भएकोले तयार रहन सभामा उपस्थी सबै जनतालाई आग्रह समेत गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्