नेपालको परिप्यक्षमा फिक्स इन्ट्रेस रेट भनेर अहिले आएको यो चाहि एउटा नौलो अभ्यास हो : डा.विनोद आत्र्यसंगको अन्तर्वार्ता (भिडियो सहित)

RBB

डाक्टर साव थोरै मौद्रिक नीतिको चर्चा गरौन, समग्र अन्य व्यवसाय उद्योगि व्यवसायले यसलाई स्वागत नै गरेको पाइयो तर प्राइसिंगमा बैंकिंग क्षेत्रले अलिक असन्तुष्टि जनायो यहाँको धाराणामा विचारमा मौद्रिक नीति कस्तो रह्यो, यसका सकरात्मक र नकारात्मक पाटाहरु के के रह्यो डाक्टर साव ?

म त मौद्रिक नीति एकदम सकारात्मकरुपले आएको म भन्छु । बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिडका कारणले गर्दा २% को कर्जा सतें पिरिअर्डको लागि २% कर्जा घटाउनु भन्यो रास्ट्र बैंकले त्यो चाहि म बोल्ड डिसिजनमा मान्छु । यो पिरिअर्ड चाहि अफ्ठ्यारो परेको छ २% ब्याज घटाउनु भनेर भनेको चाहि त्यो एउटा बोल्ड डिसिजन हो केन्द्रीय बैंकको म भन्छु । मनिटरि पोलिसिले अहिले कोभिडको अवस्थामा हाम्रा व्यवसाय गर्नेहरुलाई दिनसक्ने जति मलाइ जहाँ सम्म लाग्छ र दिन सक्ने जति सुविधा देको जस्तो महसुस गर्छु म । मैले भनि हाले त बैंक तथा उद्योगि अति प्रभावितलाइ चाहि क्लासिफाई गरेर कर्जालाइ restructuring गर्नु त्यो पनि बैंकको लागि राम्रो हो र अर्को उद्योगिहरुको लागि पनि राम्रो हो । बैंकहरुको लागि त्यो कर्जालाई प्रोभिजन गर्नु परें र उद्योगीहरुले चाहि यो कोभिडको पिरिअर्डमा आफ्नो कारोबार संचालन गर्न नसकेको अवस्था छ । त्यो अवस्थामा चाहि सोचेर केहि नयाँ कुराहरु लिएर आएर त्यल्लाई एउटा रिभाइव गर्न सक्ने अवस्था आयो ।

नेपाल रास्ट्र बैंकको भूमिका प्रति कतिपय बैंकिंग विज्ञहरुले के भनेका छन भने नेपाल रास्ट्र बैंकले चाहि निर्देशन माथि निर्देशन थोपर्ने मात्र काम गर्यो, जस्तो उलले निर्देशिक कर्जाको सीमा ४०% पुर्यायो र एटिममा चार्ज शुल्क नलिने व्यवस्था गर्यो, यो सेक्टरलाई यति प्रतिशत छुट दे भन्यो, यो यो निकायमा तल्लो निकायमा यहाँ पनि पुग त्यहाँ पनि पुग भनेर निर्देशन जारि गर्यो यो त् एक प्रकारले निअयामक निकाय होइनकी अधिनायकवाद जस्तो पो हुन थाल्योकी रास्ट्र बैंक भनेर पनि कतिपयले यसलाई विश्लेष्ण गर्न थालेका छन, डाक्टर साव यसलाई कसरि लिनु हुन्छ ?

मलाइ त्यो ठिक हो जस्तो चाहि लागें किन भन्दा खेरि मानि लिउ तपाइले १० अर्वको कर्जा हैद्रोमा मात्र लगानी गर्नु भयो । भोलि हाइड्रो डुब्यो भने हाइड्रो केहि भयो भने हजुर त डुब्नु भयो नि यदि त्यल्ले गर्दा खेरि चाहि बैंकसँग भको पुजी अहिले जति पनि बैंकको पुजी छ त्यो पुजीलाई चाहि डाइभरसीफाइड रुपले कर्जा लगानी गर्नु पर्ने दायित्व छ । त्यो चाही के भन्दा खेरि बैंकलाई जोगाउन डाइभरसीफाकेसंको नीति आएको हो । नम्बर एक कुरा । महिले भनि हालेत भोलि गएर मानि लिउ कुनै समय यस्तो आयो घर जग्गा कारोबार गर्नेहरुको लागि पैसा दियो भने चाहि त्यो एकदम नाफा हुने भो एउटा पिरिअर्ड आयो । बैंक तथा वित्तीय संस्थाले घरजग्गा लगानी गर्ने क्रममा कुनै पोलिसी आयो कुनै सिच्युएसं आयो त्यसको मार्केट डाउनफल भयो भने त्यो सेक्टरबाट रिकोभारी हुन् नसकेको उदारहणहरु हामि संग पनि छनि । त्यसले गर्दा खेरि चाहि सेन्ट्रल बैंकको दायित्व भनेको बैंक तथा वित्तिय संस्थाको फ़ाइन्नन्सियल इस्तेवल बनाउने सेन्ट्रल बैंकको दायित्वव हो । वान अफ दि म्यन रेस्पोंसिबिलिती अफ सेन्ट्रल बैंक इज टु इन्सुल द फ़ाइन्यन्स्सियल् स्त्यबिलिती इन द कन्ट्री । फ़ाइन्यन्स्सियल् स्त्यबिलिती कायम गर्नको लागि चाहि सेन्ट्रल बैंकले बैंकहरुको एउटा विभिन्न सेक्टरमा कृषिमा होला, हैद्रोमा होला यो सेक्टरमा तिमीहरुले यति प्रतिशत लगानी गर भन्नु चाहि यो जाएज हो । त्यो चाहि जाएज किन हो भन्दा खेरि चाहि एक त बैंकलाई जोगाउनको लागि हो होइन भने चाहि कुनै बेलामा कुनै बैंकले कुनै एउटा सेक्टरमा मात्र लगानी गर्द्यो डिपोजिटरको मणि होनी । ८ अरब चाहि कमर्सियल बैंक स्थापना गर्नको लागि प्रोमोटरको पुजी भनेर हामीले भनेका छौ । अहिले कुनै पनि बैंकको एकसय अर्ब दुइ सय अर्व छ भने चाहि त्यो डिपोजिटरको मणि हो । डिपोजिटरको मणि प्रोटेक्ट गर्ने दायित्व चाहि सेन्ट्रल बैंकको हो । त्यल्ले गर्दा खेरि चाहि सेन्ट्रल बैंकले किन नीति गत व्यवस्थाहरु गर्छ त भने देखि डिपोजिटरको मणिलाइ प्रोटेक्ट गर्नुपर्ने उसको दायित्व छ । त्यल्ले गर्दा खेरि चाहि सेन्ट्रल बैंकले कति पय सेक्टरहरुमा अब प्रायोरिटी सेक्टरमा ५% लगानी गर भनेको छ कृषि सेक्टरमा चाहि लगानी गर भनेको छ । यो चाहि डाइभरसीफाइड गर भनेको छ एउटा कारण । अर्को पक्ष सेन्ट्रल बैंकले कन्ट्रीको इकोनोमीलाइ बढाउने पनि काम सेन्ट्रल बैंकको होनी र विकास गर्नु पनि दायित्व हो । जस्तै अहिले हामीहरु भन्छौ हामि कृषि प्रधान देश हौ । कृषिलाइ अगाडी बढाउनु पर्छ आत्मनिर्भर हुनु पर्छ भनेर हामि भन्छौ र अब आत्मनिर्भर हुनको लागि क्षेत्र के हो भन्दा खेरि त हामीले हाम्रो देशमा भएको उत्पादनलाई बढाउँन सकेउ भनि चाहि आत्मनिर्भर हुने हो । त्यसले गर्दा खेरि चाहि कृषि सेक्टरमा लगानी गर भनेर सेन्ट्रल बैंकले गलत भन्यो भनेर हामीले भन्न हुदैन । तर बैकिंग सेक्टर किन गर्दैनन त किन हच्किन्छ भन्दा खेरि चाहि बैकिंग सेक्टर अब ५०,००० को कर्जा अथवा दुइ लाखको पाच लाखको दश लाखको कर्जा चाहि २५,००० लाइ दिनु भन्दा त एउटा ठुलो कलाइन्तलाइ एक अरवको कर्जा दिदा खेरि त उनीहरुको अप्रेसन खर्च पनि कम भयो र एउटा एकाउन्टबाट उनीहरुले इन्ट्रेस्ट लिन सक्ने भए । त्यो भाको हुनाले चाहि कमर्सियल बैंकहरुले वास्तवमा कतिपय यी साना साना कर्जाहरु चाहि दिनको लागि अलिकति हिचकिचाउनी भको कारणले गर्दा खेरिनै सेन्ट्रल बैंकले चाहि पोलिसीहरु लिएर आको हो ।

नेपाल रास्ट्र बैंकले निर्देशिका जारि गर्दै आवधिक कर्जामा फिक्स इन्ट्रेस रेट राख्न निर्देशन जारि गरेको छ, नेपाल रास्ट्र बैंक भन्छ यसले इस्थिरता ल्याउछ भन्छ बैंकिंग क्षेत्रका व्यक्तित्वहरु भन्नु हुन्छ य चाहि ग्राहाक मुखी एक तर्फी भयो यसले अन्तत बैंकिंग क्षेत्रलाइ राम्रो इम्प्याक्ट पार्दैन किन भन्दा खेरि हाम्रो ५ वर्ष, ८ वर्ष, १२ वर्ष बैंकको फिक्स डिपोजिट होला आवधिक कर्जा २५-३० वर्ष सम्मको पनि हुन्छ कसरि यस्तो मिस्म्याच भएको अवस्थामा यल्ले प्रोत्फुल रिजल्ट दिन्छ त भन्ने लाइनमा उहाहरुको धारणा छ । यहाँको धारणामा फिक्स इन्ट्रेस रेट आवधिक कर्जामा जुन निर्देशिका छ यसले बैंक क्षेत्रमा कस्तो इम्प्याक्ट पर्छ ?

अब नेपालको परिप्यक्षमा फिक्स इन्ट्रेस रेट भनेर अहिले आएको यो चाहि एउटा नौलो अभ्यास हो । दिस इज द न्यु कन्सेप्ट, न्यु इनोभेसन क्रिएटेड बाइ सेन्ट्रल बैंक । यसका पक्ष हेरौ अब, किन यो आयो भनेर चाहि पहिला सुरु हेरौ किन आयो भन्दा त म पनि भन्छु मेरा कतिपय नेपाल बैंकमा कर्जा लगानी गरेका ग्राहाकहरु छन । ति ग्राहाखारुलेनी ति लोनिहरुलेनी मलाई बारम्बार फोन गरेर के भन्नु भयो भने सर त्यो बैंक त खतम रैछ । बैंकको नाम नालिउ त्यो बैंक त खतम रैछ । किन भनेर सोध्दा खेरि उहा भन्नु हुन्छ मैले त्यहाँबाट कर्जा लिएर आउने बेला चाहि ८-९%मा कर्जा लिए । अहिले बढाएर १२% पुर्याई सक्यो । अब मेरो उद्योग धन्दा कसरी समाल्ने मैले हिजो फ़ाइन्यन्सियल् प्रोजेक्सन गर्दा ८% मेरो कर्जा छ भनेर महिले मेरो फ़ाइन्यन्सियल् प्रोजेक्सन गरे मेरो रिपेमेंट क्यापासिटीलाइ पनि त्यसकै आधार बनाए, मेरो प्रोफिट पनि त्यसमै गराए, मेरो प्रोजेक्सन ८% नै रहन्छ भनेर महिले गरे । तर आज १२% गर्दिदा खेरि त मेरो विजनेस त चौपट हुने भो लौन त्यो बैंकबाट सार्देर अर्को बैंकमा कहाँ सस्तो पाइन्छ त्यहाँ सार्नको लागि हजुरले सजेस्ट गर्नु पर्यो भनेर ग्राहाकहरुले भनेको अवस्था पनि छ । त्यल्ले गर्दा खेरि एउटा पक्ष यो भो । बैंक तथा वित्तीय संस्थाहरुले चाहि सुरुमा दिदा खेरि चाहि ८% ९% १०%  ह्वात एभर इन्ट्रेस्ट रेट चाहि दिए तर अघि महिले भने जस्तै लिकुईदिटीको कारणले लिकुईदिटी टाइट हुन्छ र अर्को डिपोजिट कस्ट बढ्छ । उनीहरुले डिपोजिट कस्ट बढ्ने बितिकै ब्याजदर पनि बढाई दिने परि पाटीले गर्दा खेरि उद्योग धन्दा चाहि अनइस्तेबल वातावरण भयो भन्ने आधार एउटा पक्ष हो । अब बैंकहरुमा  चाहि के हो त्  भने बैंकहरुको पनि के हुन्छ भन्दा खेरि बैंकले पनि टाइम टाइम अनुसार डिपोजिट लेको हुन्छ । अहिले सम्मको हेर्ने हो भनि बैंकहरुको सर्ट टर्म डिपोजिट नै धेरै हुन्छ । डिपोजिट सर्ट टर्मले चल्छ । अब फिक्स टाइमको डिपोजिट हेर्ने हो भनि पनि जहाँ सम्म मलाइ लाग्छ मैले ५ वर्षको डिपोजिट माग गरेको थाहा छ । ५ वर्ष भन्दा बढी डिपोजिट मागेको चाहि मलाइ थाहा छैन । ५ वर्ष सम्मको डिपोजिट चाहि मैले मागेको देखिराछु । त्यहाँ अब लिएर आउछन सर्ट टर्म डिपोजिट हुन्छ । सर्ट टर्ममा लिएर आएको पैसा चाहि लंग टर्म डिपोजिट गर्दा खेरि चाहि उनीहरुले रिस्क यासेस गर्ने क्यापाविलिटि अहिले छैन । अहिले रिक्स्लाई चाहि कसरि यासेस गर्ने त ५ वर्षको लागि लिएर आको पैसालाई हामीले २० वर्षको दिनु पर्यो त्यो उनीहरुसंग क्यापाबिलिटि छैन अर्को रिक्स यासेस्मेंट गर्ने सिस्टम, टेक्नोलोजी नौलो अभ्यास भएको हुनाले त्यो पनि बैंकिंग सिस्टमले सिक्नु पर्ने आवस्यक छ र बैंकहरुलाई चुनौतीको रुपमा देखेको छ । उनीहरुको डिपोजिट सर्ट टर्म छ र यो चाहि अब लंग टर्म गर्नु पर्ने अवस्था आयो । यसले त कन्जुमरलाइ च्वाइस देको होनी । हजुरले चाहि भोलि घर किन्नु हुन्छ । कर्जा चाहि २० वर्षको भयो । २० वर्षको कर्जामा हजुरले चाहि सिंगल रेटमा जान चाहानुहुन्छ अथवा बैंको रेटमा जान चाहानुहुन्छ त्यो च्वाइस त हजुरलाई पनि छ । हजुर त ग्राहाक हो । अब त्यल्ले गर्दा खेरि चाहि ग्राहाकले पनि फिक्स इन्ट्रेस रेटमा जादा खेरि मलाइ सजिलो हुन्छकि भन्ने उसको सोर्स अफ इन्कमलाइ हेरेर तलब छ भनि मेरो तलब यति आउछ तिर्न सक्छु भनेर उसलाई सटेनलि उसले लंग टर्मको उसमा च्वाइस गर्न पनि सक्ने भो । यता बैंकहरुले चाहि के गर्नु पर्ने हुन्छ भन्दाखेरि चाहि डिपोजिट मिक्स्लाई चाहि अब परिमार्जन गर्न जरुरि छ । अब डिपोजिट मिक्सलाइ उसले सर्ट टर्म डिपोजिट लंग टर्म डिपोजिट पनि उनीहरुले लिएर आएर चाहि डिपोजिट मिक्स्लाई अलिकती लंग टर्म बनाउन चाहि जरुरि छ । नम्बर एक, नम्बर दुइ कमर्सियल बैंकहरुले चाहि अब यो फिक्स इन्ट्रेस रेटको कतिपय बैंकहरुले निकाली रहेको पनि छ, मैले देखिरा छु । त्यो उनीहरुको रिक्स यासेस्मेंट गर्नी टेक्निक तेक्नोलोजिलाई पनि हेर्नु पर्ने हुन्छ । जस्तै इन्सुरेन्स्मा याकच्युल भ्यारीएसं भन्छन । इन्सुरेन्सको २० वर्ष पछाडी गरेको सम्मलाई भ्यालुएसं गर्ने भन्ने याक्च्युल साइन्स भए जस्तो लाग्छ मलाइ ।अब बैंकहरुले पनि त्यो रिस्क्लाई यासेस गर्ने र अर्को उनीहरुको डिपोजिट मिक्स्लाई सर्ट टर्मको मात्र होइन लंग टर्मको पनि व्यवस्था गर्नु पर्ने महिले देख्छु । यो चाहि नयाँ प्र्याक्तिस हो त्यल्ले गर्दा खेरि चाहि कुनै कुरा नयाँ मार्केटमा आउदा खेरि चाहि यसका पक्ष विपक्षका कुराहरु आउछन त्यल्लाई हामीले सिउक्दै जाने हो । महिले भने त कन्जुमरको लागि मात्र कन्जुमरलाइ फाइददै फाइदा मात्र पनि हुन्न । मानिलिउ आज कुनै कन्जुमरले २० वर्षको घर कर्जा लियो । ११-१२% फिक्स इन्ट्रेस रेटमा लियो भने त्यो लिए पछी भोलि पर्सि १०-१२को ठाउमा लिकुईदिटी इज्नै इज हुदै गयो भने चाहि ८%, ९%, १०% मा कर्जा पाइरहने अवस्था रहला । अर्को ५ वर्षसम्म नपाउने अवस्था होला । त्यल्ले गर्दा खेरि चाहि कन्जुमरको लागि अप्परच्युनीटि पनि हो र च्वाइस पनि हो । यता बैंकहरुलाई पनि उनीहरुको लागि लंग टर्म लगानी गर्ने सेक्युर  पनि होनी । उनीहरुको कर्जा त २० वर्षलाई सेक्युर भयोनी । अब तेस्को लागि फ़ाइनन्सियल्लि इन्ट्रेस रेटको दृष्टिकोणबाट कति उपयुक्त हुने हो त भन्ने हेर्नलाई त्यसको रिस्क यासेस्मेंट र टेक्नोलोजी तेक्निक्स चाहि थाहा हुनु पर्छ ।

डाक्टर साव महिले एउटा प्रश्न जोड्न चाहे अहिले बजारमा के चर्चा छ भन्दा खेरि लो लेबल लोन अधिक भएर बैंकहरु अतालिएका छन र कर्जा चाहि खोसाखोसको अवस्था छ । यति सम्मकी कनसिसुरिटिएममा भएको लोनलाइ पनि लिड बैंकले अन्य बैंकलाई मिटिंग नडाकि किन प्रक्रिया नपुर्याई किन पनि आफ्नो नाममा बुक गर्न खोजेको भन्नि चर्चा छ । यस्तो अवस्थामा ग्लोबल प्यानडामिक अवसथामा नाफा नै सर्भपरि हो त् डाक्टर साव ?

होइन, महिले के भन्न चाहन्छु भन्दा खेरि चाहि अहिलेको पिरिअर्डमा हामीले कसरि हुन्छ हाम्रा उद्योगिहरुलाई हाम्रा बिजनेसहरुलाई सरभाइव गराउने यो नै बैंक तथा वित्तीय संस्थाको चाहि टप मस्ट प्रयोरिटि हुनुपर्छ । अब यो कर्जा खोसा खोसको कुराहरु चाहि महिले पनि सुनेको हो कुनै बैंकले कर्जा खोसेको विभिन्न कारणहरु हुन्छन । उनीहरुको चाहि सेन्ट्रल बैंकले नीति निर्देशन गरेको पालना गर्नु पर्ने दायित्वको आधारमा कुनै बैंकको लागि हैन यो कर्जा चाहि हामीले दिदा खेरि हामीलाई कुनै असर पर्दैन । हामीहरु चाहि सेफगार्ड मै हुन्छौ कतिपय बैंकहरुले त्यो दिएको अवस्था पनि हुन् सक्छ । कतिपय अवस्थामा चाहि के हुन् सक्छ त भने देखि महिले अगिनै यहाँहरुलाई भनि हाले कुनै बैंकले ८%ले सुरुमा कर्जा दियो अहिले १२% पुर्यायो । अब अहिले भन्नु पर्दा खेरि चाहि नेपाल बैंक, वाणिज्य बैंक त्यस पछी आएर चाहि कृषि विकास बैंक कम्प्यारेटिभलि अरुको भन्दा यिनीहरुको लोन रेटहरु चाहि कम छ । अहिलेको अवस्थामा म यता १०% तिर्नु भन्दा त मलाई ८%मा नै यो बैंकले सार्दिन्छ भने त २% त मेरो लागि ठुलो रकम पनि हो र कतिपय ऋणीहरुले यो अवस्थामा आफु अगाडी बढ्नको लागि सरभाइव हुन् आफैले पनि कर्जा सार्न प्रयास गर्छन । ऋणी आफै अग्रसर भएको अवस्था पनि हुनसक्छ किन भने सार्नको लागि त बैंकले चाहेर सार्ने होइनानी । बैंकले खोस्ने त होइन ऋणी खुसि हुनपर्यो । ऋणी कसरि खुसि भयो त कि त उतापट्टि बैंकले कसटुमरलाइ सन्तुष्ट गर्यो । त्यो बैंक हेर्दा खेरि कर्जा खोस्यो भन्नि हुन्छ । अर्को केस पनि छ । अर्को केस के छ भन्दा खेरि हजुरले चाहि कुनै ए बैंक संग २० करोडको कर्जा लिनु भयो । उल्लाई अहिले सरभाइव हुनको लागि थप ५ करोडको कर्जा चाहियो । अब ए भन्नि बैंकले थप ५ करोडको कर्जा दिन मान्दैन । उल्ले त्यो रिस्क लिन चाहादैनन । बि भन्नि बैंकले ल्याउनुस म ५ करोड थपदिन्छु भन्छ । भनम न मा नेपाल बैंको सीइओ भको कारणले व्यवाहारिक कुराहरु था छ मलाइ । किन भने हामीले पनि कतिपय कर्जाहरु, म नेपाल बैंकमा जादा खेरि १२ अर्वको कर्जा थियो म छोड्ने बेला २५ अरवको कर्जा बनाएर छोडेको । नबिए लेबल चाहि ३६% थियो महिले ३%मा झारेर छोडेको । त्यसैले मेरा ग्राहाकहरु ठुलठुला कलाइनटहरु जुन नेपाल बैंकबाट निस्केर गएका थिए । त्यसलाई महिले फर्काएर लिएर आको हो । मेरो अनुभव के छ भन्दा खेरि कलाइनटहरु मुभ गर्नु पर्ने कारण के छ भन्दा खेरि एउटा त्यो बैंकसंग सन्तुष्ट नहुनु एउटा इन्ट्रेस रेट बढी हुनु र अर्को उनीहरुको रिक्वाअरमेन्टलाइ पुरा नगर्नु । उनीहरुको रिक्वाअरमेन्टलाइ पुरा नगर्दा खेरि अप्सन के भन्दा खेरि अर्को बैंकमा मुभ हुने । बैंक टु बैंक चाहि कर्जा खोसा खोस हो हेर्दा खेरि । एउटा बैंकको कर्जा अर्को बैंकमा जादा खोसा खोस भन्छौ तर वास्तवमा भन्नु पर्दा ऋणी चाहि कति सन्तुष्ट छ त त्यो बैंकसंग । त्यो बैंकले चाहि रिनिलाई कति खुसि पारेर राख्न सकेको छ भन्ने चाहि महत्वपूर्ण पक्ष हो जस्तो मलाइ लाग्छ । त्यहि भएर महिले सुरुमा पनि बारम्बार भानिराछु अहिले अवस्था मात्र होइन । अहिलेको अवस्था झन् जटिल अवस्था भएको हुनाले ग्राहाककोमा नै जान पर्यो । अहिले बढी भन्दा बढी ग्राहाकसंग बसेर छलफल  गरेर उहाहरुको पिरमर्का के हो बुझेर कसको गर्दा खेरि उहाहरुलाई अगाडी बढाउँन सकिन्छ, रिभाइव गर्न सकिन्छ भनेर बैंक तथा वित्तीय संस्था १ टु १ टचमा रहेर नै उहाहरुलाई सपोर्ट गर्नु पर्ने बेला हो र त्यो भन्दा पछाडी पनि ग्राहाकसंग कोलोज रिलेसन राख्नु पर्छ भन्ने मेरो धारणा छ ।

डाक्टर साव अन्त्यमा महिले छुटयाएका हजुरलाई भन्न मन लागेको केहि छ दर्शकहरुलाई ?

महिले हाम्रा दर्शकहरुलाई के भन्न चाहन्छु भने वास्तवमा अहिलेको सिच्युयसन चाहि अप्ठ्यारो सिच्युयसन छ । यो हामीहरुलाई मात्र होइनकी पुरै विश्वलाई नै यो अप्ठ्यारो सिच्युयसन हो । कुनै यस्तो देश छैन जसलाई कोभिडले असर नगरेको भन्नि त्यस्तो छैन तर कतिपय देशहरुले जुन मेजरहरु अपनाय त्यो अपनाएको कारणले गर्दा खेरि चाहि उनीहरुले कोभिड १९लाइ म्यानेजएबल अवस्थामा राख्न सकेको अवस्था छ । हिजो मात्र मेरो मेल्बोनमा कुरा भाको थियो साथीहरुसंग त्यहाँ जिरो केसेस रहेको अहिलेको अवस्था छ । अस्ति मात्र मेरो हंगकंगमा कुरा भको थियो साथीसंग हामि त चौथो चरणमा छौ भन्छन । उनीहरुले आफुलेनै आफ्नो कन्ट्रीको चरण आफै डिभाइड गरेका छन । पहिलो चरण कुन थ्यो । दोर्सो चरण कुन थ्यो । अहिले चौथो चरणमा इन्फेक्सन बढ्न लाको होकी भनेर हामि प्रिकेस्न्मा छौ भनेर भनेका छौ । अहिलेको अवस्था भनेको हामि चाहि नेपाल सरकारले दिएको नीति निर्देशनहरुलाई पालना गरेर सबैभन्दा पहिला हामि सेफ भएर नै बसौ । मास्क लगाउने काम गरम, फिजिकल दिस्त्यांस म्यनटेन गरौ । यो चार पाच महिना अझै छ । यो चार पाच महिनामा हामीलेहरुले यसलाई राम्रोसंग म्यानेज गरौ इन्डीभिज्युअल्ली मेरा दर्शकहरुलाई भन्न चाहाने कुराहरु यहि नै हो । कोभिडलाइ चाहि एउटा ह्यांगगुजी हो मात्र नासंजिउ किन भने यसको इम्प्याक्ट कहाँ भा छ कसरि भा छ भन्ने कुरा हामीले पनि देखिर छौ । इम्प्याक्ट नै छैन भने देखि ५ जना डक्टरहरु बित्नुभाको छ । डक्टरहरु आफै जानकार व्यक्तित्व हुनुहुन्छ तर पनि उहाहरु बित्नुभा छ । हेल्थ सेक्टरमा बसेका व्यक्तित्वहरु पनि बित्नु भा छ । बुढाहरुमात्र होइन योंगहरु पनि बित्नु भा छ । यसको असर कहाँ कसरि पर्छ त भन्ने एकिनका साथ् भन्न सक्ने छैनौ । इमुनिटि पावर कस्तो छ भनेर मेजर गर्ने त्यस्तो साधनहरु छैन । त्यल्ले गर्दा ग्राहाकहरुलाई सेफ गरौ म भन्न चाहान्छु । अर्को यदि बैंकका हाम्रा साथीभाइहरु देखिन लिएर हामि सोसल रेस्पोनसिबल चाहि बनिदिउ । अहिले सोसल रेसपोंसिबल भन्ने वितिकै हाम्रा कसटुमरहरुलाई केयर गरिदिउ । हाम्रा लोनिहरुलाई उहाहरुकै घर दैलोमा पुगेर के कस्तो अवस्था तपाईलाइ हामीले कसरि सहयोग गर्न सक्छौ भन्ने कुराको म्यासेज चाहि देउ त्यल्ले गर्दा खेरि भोलिका दिनमा हाम्रा ग्राहाक र तपाइको जुन सम्बन्ध छ त्यो अत्यन्तै अवस्थामा जान सक्छ । रेगुलेटरी कोहि हुनुहुन्छ भने म के भन्न चाहान्छु भन्दा खेरि जति [पनि निर्देशन आका छन मनितरी पोलिसी आका छन महिले मेरो व्यक्तिगत रुपबाट हेर्दा अत्यन्तै राम्रो छ । त्यसको इम्प्लीमेनतेसन पक्षको लागि चाहि यहाँहरु सजक हुनु पर्यो । ३० वर्ष रास्ट्र बैंकको सेवा गरेर बाहिर आइसकेको हो त्यहि पनि म के भन्न चाहन्छु भन्दा खेरि इम्पलिमेंट पक्षलाइ कसरि बलियो बनाउने भनेर हेर्न चाहि जरुरि छ । यदि कोहि फ्य्लिअर छन भने त्यसलाई याक्सं लिन पछी पर्नु हुदैन भन्न चाहान्छु । अन्त्यमा यहाहरुलाई पनि आफ्नो मौका जानेको बुजेको शेर गर्ने मौका दिनु भयो त्यसको लागि यहाहरुलाई धेरै धेरै धन्यवाद ।

 

हस्त सर,समय र संवादको लागि फेरी पनि धन्यवाद

धन्यवाद

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्