झापामा उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा पेट्रोल छर्की आगजनीको प्रयास

Machchapuchchre

अर्थ राजनीति ~ झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा पेट्रोल छर्की आगजनीको प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो । चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई जलाउने प्रयास भएको उनले बताइन् । बीच सडकमा गाडी रोकेर उनलाई गाडीबाट बाहिर आउन भन्यो तर उनि गाडी भित्रै बसिरहिन । पानीको बोतलमा पेट्रोल ल्याएर, पेट्रोल छर्किएर सलाई कोर्दा कोर्दै उनि गाडीबाट बाहिर निस्केर आफ्नो ज्यान जोगाइन । उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । उपमेयरले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरुको खोजी सुरु गरेको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्