हुम्ला विमानस्थलको क्वाटरमा भएको आगलागी नियन्त्रणमा

Machchapuchchre

अर्थ राजनीति ~ हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने संका गरिएको छ । आगो निभाउने क्रममा एकजना व्यक्ति घाइते पनि भएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्