अर्थ राजनीति ~गत सोमबार राति क्वारेन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिखर नगरपालिकाका स्वास्थ्य अनुसार भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएको छ । रिपोर्टमा कोरोना पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको जानकारी छ ।
शिखर नगरपालिकाको क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण
