सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्न पाइने तर भाडा पुरानै दरमा लिनुपर्ने

Machchapuchchre

अर्थ राजनीति ~यातायात संचालनमा आए पछि सरकारले एक व्यक्तिलाई एउटा सिटमा राखेर र ५० % भाडा बढी लिएर सार्वजनिक यातायात चलाउन भनेको थियो र अहिले  सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णयलाई हटाएर अब सबै सिटमा यात्रु राख्नन पाउने निर्णय गरेको छ । अब नेपालीहरुको महान चाड दशैंको समयमा यात्रुको चाप बढ्ने हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्नन दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले  गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्