अन्तर्राष्ट्रिय उडान सुरु: यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ  रिपोर्ट अनिवार्य बुझाउनुपर्ने

Machchapuchchre

सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।
सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि दैनिक पाँच सयभन्दा बढी यात्रु ल्याउन नपाउने सीमालाई बढाएर आठ सयसम्म यात्रु ल्याउने निर्णय गरेको छ । यसै समयमा भइरहेको उद्धार उडानसमेत जोडेर सो सङ्ख्यामा यात्रु ल्याउन सक्ने सरकारको निर्णय छ । मन्त्रालयले नियमित अन्तर्राष्ट्रिय उडानसँगै सार्वजनिक गरेको तालिकाअनुसार सेप्टेम्बर भर २७ वटा उद्धार उडान हुनेछन् ।
नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले केही विशेष नियम पनि बनाएको छ । यस्तो उडानका लागि यात्रुले ७२ घन्टाअघिको कोभिड नेगेटिभ  रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । यसरी परीक्षण नगरेका यात्रुसमेत मिसाएर उडान गराएमा त्यसको क्वारेन्टाइन व्यवस्थापन खर्च सम्बन्धित विमान कम्पनीले नै बेहोर्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्