निषेधाज्ञालाई कुन मोडलमा लैजाने भन्ने विषय भोलि टुङगो लाग्ने

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई कुन मोडलमा लैजाने भन्ने विषय भोलि टुङगो लाग्ने भएको छ । आज यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेको बताईएको छ।
आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल छलफल गरेका छन्। उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत ।
पहिलो, हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने वा निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने भन्ने विषय भोलि गृहमन्त्रालयमा संग छलफल हुनेछ ।

यसैबीच राससका अनुसार तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज मात्रै भर्चुअल बैठक गरेका भएकाे, सबै सरोकारवालासँग परामर्श लिने काम भएको र त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयाे ।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो । भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिनअगावै तीनै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श शुरु गर्नुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्