अध्यक्षद्वयद्वारा प्रतिवेदन अनुमोदन, १३ गते सचिवालय बैठक

Machchapuchchre

अर्थ राजनीति ~   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान १० बजेदेखि शुरु भएको बैठक १२ बजे सकिएको थियो ।  प्रतिवेदनलाई थप छलफलका लागि आगामी शनिबार १३ गते सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ |

नेकपाका दुई अध्यक्षद्वारा गठित कार्यदलले गत शनिबार ६ गते प्रतिवेदन बुझाएपछि तीन दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको हो । प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि स्थायी कमिटी बैठकमा समेत छलफलका लागि कार्यदलको प्रतिवेदन लैजाने दुई अध्यक्ष सहमत हुनुभएको छ । कार्यदलले आठ दिन लगाएर १६ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।

प्रतिवेदनअनुसार अध्यक्ष ओली प्रधानमन्त्रीमा पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री रहने र अर्का अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको जिम्मेवारी निर्वाह गर्ने प्रस्ताव गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्