सीमा विवादमा भारतसँग वार्ताको तयारी भइरहेकाे छ – मन्त्री ज्ञवाली

Machchapuchchre

काठमाडौं। लामो समयदेखि देखिएको नेपाल भारतको सीमा विवाद समाधानको लागि वार्ताको तयारी भइरहेको बताइएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताएका छन्।

परराष्ट्र मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराएका हुन्।

मन्त्री ज्ञवालीले भारतले सार्वजनिक गरेको एकपक्षिय नक्सा नेपाललाई कदापी मान्य नहुने भन्दै वार्ताको तयारी भइरहेको बताए । मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा, परराष्ट्रमन्त्रीस्तरमा, सचिवस्तरमा गरी तीनै तहमा वार्ता गरिने भनाईसमेत राखेका थिए

सीमा बचाउन अभियानका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरिशंकर लाल दासमार्फत लिम्पियाधुरासहितको नक्सा हस्तान्तरण गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्