नेपालमा कोरोनाका कारण २/३ जनाको मात्र मृत्यु भएको छ, अरु मृतक अन्य कारणले मरेका हुन्: प्रधानमन्त्री ओली

Machchapuchchre

अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’ 

 

अर्थ राजनीति ~  राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।’  उहाँले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताउनुभयो । हाम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको जिकिर दाहोर्याएका छन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’

अरु कारणले मृत्यु भएकामा पनि पनि संक्रमण देखिए कोरोनाबाटै मरेको मान्नुपर्ने मापदण्ड डब्लुचओले बनाएकाले मात्र संख्या बढेको उनको जिकिर छ । २० जनाकै मृत्यु हुँदा पनि त्यो अरु धेरै देशको तुलनामा कम भएको तर्क प्रधानमन्त्री ओलीले गरे ।

देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएकाे बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशाेधन पारित गरेकाेमा प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिनुभयाे ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्