बुधबार बिहानै दु:खद खबर: कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २० पुग्याे

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना संक्रमणका कारणनेपालमा थप एक जनाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। कोरोना कारण यसअघि १९ जनाको मृत्यु भइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिइसकेको छ।

बैजनाथ-६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए।

अहिले आफू चिकित्सकसहितको टोली लिएर कन्ट्याक्ट ट्रेसिङका लागि मृतकको घरमा रहेको वडाध्यक्ष बस्नेतले नेपालखबरलाई जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्