सहुलियत कर्जा प्रवाह गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

Machchapuchchre

काठमाडौं-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरु अनुसार ऋणको संख्या तोकिएको हो। बैंक तथा वित्तीय सस्थाहरुले यस्तो कर्जा नदिएपछि संख्या नै तोकिएको हो।

राष्ट्र बैंकले एक सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधी ०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो। बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म ५ सयवटा कर्जा दिनुपर्नेछ। यसैगरी विकास बैंकहरुले २ सयवटा र फाइनान्सले १ सयवटा कर्जा दिनुपर्ने छ।

सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकता दिएर प्रवाह गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको निर्देशन बैंकहरुले कार्यन्वयन गर्ने हो भने अगामी असार मसान्त भित्रमा कृषि तथा पशुपक्षी कर्जा बाहेकको अन्य कर्जा लिनेको संख्या करिब २० हजार पुग्ने देखिन्छ।

सहुलियतपूर्ण कर्जामा सरकारले प्रदान गर्ने अनुदान राष्ट्र बैंकले नै उपलब्ध गराउने जनाएको छ। नेपाल राष्ट्र बैंकले २०७५ मा सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो। कार्यविधिमा त्यस अगाडिदेखि नै प्रदान हुँदै आएको कृषि तथा पशुपक्षी कर्जा समेत ७ वटा शीर्षकमा प्रवाह हुने कर्जामा ५ देखि ६ प्रतिशत सम्म ब्याज अनुदान दिने व्यवस्था छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्