पत्रकारलाई गाडीले ठक्कर दिएर मुख्यमन्त्री शाहीका सल्लाहकार फरार

Machchapuchchre

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा आफैँले चलाएको कर्णाली प्रदेशको ०२००१ झ ००१६ नम्बरको गाडीले भे ८ प २९४६ नम्बरको मोटरसाइललाई ठक्कर दिएर फरार भएका छन् ।

मुख्य मन्त्री शाहीका सल्हाकार शर्मा वीरेन्द्रनगरस्थित बुद्धपथ चोकमा विपरित दिशाबाट आएको उक्त मोटरसाइकललाई ठक्कर दिएर भागेका हुन्। राज्यको मुख्य मन्त्रीको सल्हाकार जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले आफैले ठक्कर दिएका मोटरसाइकल यात्रीको उपचार गर्नुको साटो भागेर गैरजिम्मेवारी प्रस्तुत गरेका छन् ।

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव पवित्र कुमार शाही र पत्रकार रमेश रावललाई सामान्य चोटपटक लागेको छ भने मोटरसाइकलको इन्जिन बाहेक अन्य पार्टपूर्जा पूर्णरुपमा क्षती भएको प्रत्यक्षदर्शी लोकेन्द्र गिरीले बताएका छन् ।

र्दुघटना भएपछि घाइतेको अवस्थाबारे जानकारी नलिई फरार भएका सल्लाहकार शर्मासँग सवारी चालक अनुमति पत्र नभएको स्रोतले बताएको छ । ‘गत दशैंमा गाडी चलाउने तालिम लिनु भएको हो ।’ शर्माका गाडी चालकले भने –‘त्यति राम्रो कन्फिडेन्स हुनुभएको थिएन ।’
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार जाहेरी नपरेका कारणले आफुहरुले कुनै कारवाही प्रक्रिया नबढाएको जनाएको छ ।

सल्यान घर भएका सल्यानका भिमप्रकास शर्मा गत चैत ६ गते मुख्य मन्त्री शाहीको राजनीतिक सल्हाकारमा नियुक्त भएका थिए । नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका शर्मा प्रदेशसभाको चुनावमा सल्यान (क) मा वाम गठबन्धनका उम्मेदवार गुलावजङ शाहविरुद्ध बागी उम्मेदवार दिएका विवादास्पद पात्र समेत हुन्।

पूर्वमाओवादीको सल्यान इन्चार्जसमेत भइसकेका शर्माको उम्मेदवारीलाई जिल्ला पार्टीले नै समर्थन गरेको थियो । मान्छे चिन्ह लिएर चुनाव लडेका शर्माले ७ हजार ४१६ मत ल्याएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्