तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय

Machchapuchchre

काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णय गरेको छ । शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लार्मा यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

बैठकले कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको उनले जानकारी दिए । शनिवार सम्ममा ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मन्त्री खतिवडाले लकडाउनका विषयमा बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्