सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय कार्य – नेकपाका प्रवक्ता श्रेष्ठ

Machchapuchchre Bank

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय भएको बताएका छन्। उनले नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई सीमानामा अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दु:खद भएको उल्लेख गरेका हुन्।

बिहीबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उल्लेख गरेका छन्। ‘नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्र रुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुख:द हो। उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिँदैन। तत्काल बिषेश क्वारानटिनमा राखौं,’ उनले भनेका छन्।

उनले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि छाड्ने सरकारको नीति नहुने पनि बताएका छन्। ‘बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा संभव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन,’ उनले भनेका छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्याख्या गरेको? हुनै सक्दैन।’

दार्चुलापारि दार्चुलामा सात सयभन्दा बढी नेपाली छन्। लकडाउनका कारण सीमा बन्द हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन्। उनीहरूमध्ये तीन जना महाकालीमा पौडी खेलेर नेपाल आएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्