कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Machchapuchchre Bank

काठमान्डाै । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन्। यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ।

शनिबार इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यससँगै समग्र संक्रमितको संख्या पनि ९२ हजार कटेको छ। उनीहरुमध्ये १२ हजार निको भएर फर्किसकेका छन्।

अहिले ७० हजार मानिस उपचाररत छन्। कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक ३१ डिसम्बरमा चीनको वुहानमा देखिएको थियो। सुरुमा चीनमा मात्र देखिएको कोरोनाले पछिल्लो समय युरोपेली देशहरुमा महामारीको रुप लिएको छ। र, चीनमा नियन्त्रण उन्मुख हुँदा इटली र स्पेनमा संक्रमित र मृतकको संख्या बढ्दो छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ६ लाख ४२ हजार कटिसकेको छ भने मृत्यु हुनेको संख्या करिब ३० हजार पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्