कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ ।

संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो । चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ ।

उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्