काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् ।
उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्य रामशरण सिँखडाले अनलाइनखबरलाई जानकारी दिए । शनिबार अचानक स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो ।
बेलायस्थित नपाली दूतावासका प्रवक्ता शरदराज आरणले बेलायतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि गरे । यसअघि पनि कोभिड–१९ को संक्रमणबाट पुर्ख्यौली घर संखुवासभा घर भएका लण्डनको ह्यारो निवासी ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको थियो ।