कास्की- २ को ताजा मतपरिणाम – यति धेरै मतले अगाडि छिन विद्या, जीत पक्का

Machchapuchchre

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत गणना भइसकेको छ ।

जसमध्ये नेकपा उम्मेदवार २० हजार ७ सय ९७ ल्याएकी छन् । भट्टराईका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । कांग्रेसका पौडेल नेकपाकी भट्टराईभन्दा ८ हजार ५ सय ३६ मतले पछाडि छन् । कास्की २ मा १ हजार ५ सय ३ मतका साथ समाजवादी पार्टीका धर्मराज गुरुङ तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी १ हजार ६ मतका साथ चौथो स्थानमा छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ६ सय २६ मत मात्रै प्राप्त गरेकी छन् । निर्वाचन आयोगका अनुसारा कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो । जसअनुसार अब ८ हजार ९ सय २७ मत मात्रै गणना गर्न बाँकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्