भक्तपुरमा कांग्रेसले ढाल्यो नेकपाको किल्ला, कति मतले हारे ओली-प्रचण्डका उम्मेदवार ?

Machchapuchchre

काठमाडौं । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ। भक्तपुरमा कांग्रेस-राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए। २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।

स्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ४ हजार ५ सय ९३ छ । उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो। कास्कीसँगै अन्य जिल्लाका रिक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय घोषणा गरिसकेको छ। कास्की २ मा ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र अघिल्लो निर्वाचनमा भए पनि यस वर्ष केन्द्र पनि थपिने उनले बताए। अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्