प्रतिनिधिसभा बैठक चैत १३ गतेसम्मका लागि स्थगित

Machchapuchchre

काठमाडौं । भोलि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत १३ सम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलिका तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको त्रासका कारण शुक्रबार तय भएको बैठक सारिएको हो । त्यस्तै  शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित हुने वा नहुनेबारे औपचारिक निर्णय भएको छैन । यसको निर्णय भोलिमात्र हुनेछ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्