कोरोनाबारे अपवाह फैलाएको आरोपमा डा दीक्षितमाथि कारबाहीको तयारी

Machchapuchchre

काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विषयमा अपवाह फैलाउनेमाथि कारबाही गर्ने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न विविध गतिविधि भइरहेका बेला डा. सुन्दरमणि दीक्षित लगायतले अफवाह फैलाएको भन्दै कारबाहीको तयारी थालिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा अफवाह फैलाएको आरोपमा दीक्षित लगायतलाई कारबाही गर्नुपर्ने माग उठेको हो।

‘डा. दीक्षितलगायत केहीले कोरोना भाइरसको संक्रमणका बारेमा अफवाह फैलाएको भन्ने विषय बैठकमा उठेको थियो,’ गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने, ‘अफवाह फैलाउनेलाई कानूनका दायरामा ल्याउनुपर्ने विषयमा छलफलसमेत भयो।’

अफवाह फैलाउने दीक्षितलगायतलाई कारबाही गर्न माग उठेपछि उपस्थित मन्त्री र सचिवहरुले गम्भीरतापूर्वक छलफल समेत गरेका थिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारी निकायले पटक पटक कोभिड–१९ को रिजल्ट ‘नेगेटिभ’ आइरहको जनाउँदा डा. दीक्षितलगायतलले कोभिड–१९ का बारेमा भ्रम फैलाउने काम गरेको जनाएका थिए।

उनका अनुसार हालसम्म ५ सय १२ जना बिरामीको जाँच गर्दा सबैमा ‘नेगेटिभ’ देखा परेकाले हालसम्म नेपालमा संक्रमित ब्यक्ति नभेटिएको विवरण पेस गरेका थिए। केही दिन अघि एक कार्यक्रममा डा दीक्षितले नेपाल सरकारसँग कोरोना परीक्षण गर्ने किट नै नभएको आरोप लगाएका थिए ।

उनले टेकुमा भर्ना हुन आएका बिरामीलाई कोभिड १९ को ‘ल्याबटेस्ट’ नै नगरी सरकारले त्यसै ‘नेगेटिभ’ भनेर बिरामीलाई फिर्ता पठाउने गरेको आरोप समेत लगाएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्