हवाई सेवा कम्पनीका संचालकहरु हैरान

Machchapuchchre

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण मानिसहरु र पर्यटकहरुको आवत जावत निकै कम हुदै गएको छ । कोरोनाले गर्दा पर्यटक क्षेत्रम ठुलो संकट आएको छ । पर्यटकहरु नेपाल भ्रमणमा आउने क्रम पनि घटिरहेको छ । दुई हप्तायता नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको जानकारी छ ।  यात्रु घट्दा हवाई उडानमा संकट आएको छ । हवाई उडानमा यात्रुको कमि हुन् थालेपछी हवाई सेवा कम्पनीहरु मारमा परेका छन ।  उडान टिकट पहिले भन्दा करिब ५० प्रतिशतले घटेको छ । पर्यटकको संख्या ९० प्रतिशतले घटेपछी मुलुकका आनतरिक वायु सेवा कम्पनीले भाडा दरमा ५० प्रतिशत घटाएर काम चलाउन थालेका छन । तैपनि यात्रु संख्या नपुगेर हवाई सेवा कम्पनीका संचालक हैरान छन । भाडा दर घटे पनि यात्रुहरु कम मात्रामा नै हवाईको सेवा लिरहेका छन । पर्यटनको सिजन सुरु  भैसक्दा पनि कोरोनाको संक्रमणको कारण पर्यटक आवागमन न्यून भएपछी हवाई सेवा व्यवसायमा संकट आएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्