अर्थ राजनीति । कोरोना भाइरसको संक्रमण विभिन्न देशमा देखा परिरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले भारतले एक महिनाको लागि सिमा बन्द गर्ने अवस्थामा पुगेको छ । भारतमा पनि कोरोना भाइरसको संक्रमण बढीरहेको खण्डमा, मध्येराति १२ बजेबाट लागु हुने गरि अप्रिल १५ सम्मका लागि भारतले सबै सिमा बन्द गर्ने लागेको हो । भारतले स्थल सिमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउदै निश्चित सीमामा निगरानी र चेकजाचलाई अझ कडा बनाउने निर्णय लिएको छ । यो सबै निर्णय शुक्रबारबाट लागु हुने जानकारी छ । भारतले कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिएको जानकारी गराएको छ ।