अर्थ राजनीति । केही दिनयता अमेरिकी डलरको तुलनामा नेपालि मुद्रा कम्जोर बन्दै गएको छ ।अमेरिकी डरलको भाउ बिहीबार भने खस्किएको छ । हिजो अमेरिकी डलरको विनिमय दर १ सय १८ रुपैयाँ ८४ पैसा तोकेको थियो भने नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलरको विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा तोकेको छ । हिजोको तुलनामा डलरको भाउ ७८ पैसाले खस्किएको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ । डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने विज्ञहरु बताउँछन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति