सिटिजन्स बैंकको ऋणपत्र बिकेन

Machchapuchchre

अर्थ राजनीति । सिटिजन्स बैंकको ऋणपत्र पहिलो चरणमा पूर्ण बिक्रि नभएपछी समय अवधि थप गरिएको जानकारी छ । बैंकले फाल्गुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाइ ऋणपत्र निष्कासन गरेको थियो । बैंकले चैत्र चार गतेसम्म ऋणपत्र भर्न मिति थप गरेको हो । तर, ४ गतेभन्दा अगिनै माग भन्दा बढी आवेदन परेमा भने सुचना दिएर बन्द गरिने बैंकले जानकारी गरेको छ । १० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । बाकि १५ लाख इकाइ भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्रि गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज दिनेछ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक दिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्रि खुला गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्